सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले श्रावण १५ गते विश्वासको मत लिने भएका छन् ।

साउन १५ गते बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् ।

सोमबार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशसभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ ।

साउन १५ गते साँझ ५ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरेको छ ।