बालकुमारी घटनामा मारिएका शाहका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने

बालकुमारी घटनामा मारिएका शाहका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने


धनगढी – ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगबाट मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरूप २ लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले दुःखी भएको बताउँदै परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट २ लाख रुपैयाँ राहत दिने जानकारी दिए ।

आईतबार शाहका हत्यारालाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आफन्तले प्रदर्शन गरेका छन् ।