धनगढी – सुदूरपश्चिम प्रदेश सभाका ४ संसदीय समितिका सभापति पदमा एकल उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ताको दिन आज मंगलबार ४ समितिमा ४ जनाको मात्रै एकल उम्मेदवारी परेको छ । उम्मेदवारी हेर्दा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको देखिएको छ ।
प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा नेकपा एमालेका वीरबहादुर थापा, अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीका माया पन्तले उम्मेदवारी दिएका छन् ।
सभापति पदमा एकल उम्मेदवारी परेकाले अब प्रक्रिया मिलाएर भोलि बुधबार निर्विरोध घोषणा गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।




प्रतिक्रिया