राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका उम्मेदवार तीनै जना विजयी भएका छन् ।

महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द ४ हजार ४५३ मतभार ल्याएर विजयी भएकी छन् ।

अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतभार पाएर विजयी भएका छन् भने अन्यतर्फ कांग्रेसका बलदेव बोहरा ४ हजार ३४७ मतभार पाएर विजयी भएका छन् ।

एमालेबाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार थिए ।