गण्डकी प्रदेश प्रमुख भट्टसँग सुदूरपश्चिमका गृहवासीको भेटवार्ता

गण्डकी प्रदेश प्रमुख भट्टसँग सुदूरपश्चिमका गृहवासीको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायल गाउँपालिकाबाट पोखरा पुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसँग भेट गरी बधाई ज्ञापन गरेको छ ।

जोरायल गाउँपालिकाबाट करीब ४५ जना गाउँवासी कृषि अवलोकन भ्रमणका क्रममा पोखरा पुगेका छन् ।

टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासँगै ज्येष्ठ नागरिकहरू जयबहादुर हमाल, मानबहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, गाउँपालिका अन्तर्गतका ६ वटा वडाका अध्यक्षहरू जगत मल्ल, वीरबहादुर दर्लामी, नविन ओझा, नन्दराज भट्ट, ध्वजबहादुर देउवा, गणेश बोहोरा, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, वडाका सचिवहरू, इन्जिनीयर लगायतका कर्मचारी सहभागी थिए ।

भेटमा अध्यक्ष ओझाले ५० वर्ष बढी निष्ठाको राजनीति गरेका सुदुरपश्चिमका पाका नेतालाई गण्डकी प्रदेशको प्रमुख बनाइँदा समग्र सुदूरकै सम्मान भएको बताए ।

सम्बोधनका क्रममा भावुक बनेका ओझाले लामो राजनीतिक योगदानको कदर स्वरूप प्रदेश प्रमुखको पदमा देख्न पाउँदा अत्यन्त खुशी लागेको बताए । पालिका अध्यक्ष ओझाले जोरायल गाउँपालिकामा चैत्र २८ गतेदेखि हुन गइरहेको जोरायल महोत्सवमा महोत्सव उद्घाटनका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टलाई निमन्त्रणा समेत गरेका छन् ।

उपाध्यक्ष बोहराले बधाई ज्ञापन कार्यक्रममा हर्षको आँशु झार्दै सुदूरपश्चिमका धरोहरलाई आज गण्डकीमा प्रमुख पदमा देख्न पाउँदा खुशीको सीमा नाघेको बताइन् ।

प्रदेश प्रमुख भट्टले सम्मानका लागि आभार व्यक्त गर्दै गाउँठाउँवासीलाई सामुन्ने देख्न पाउँदा अत्यन्त सन्तोष लागेको बताए ।