सुदुरपश्चिममा माधव पक्षका नेताले ओली पक्षका सांसदलाई सोधे स्पष्टिकरण

सुदुरपश्चिममा माधव पक्षका नेताले ओली पक्षका सांसदलाई सोधे स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशको संसदीय दलको कार्यालयले प्रदेश सभा सदस्य पठानसिंह बोहरासंग स्पष्टीकरण माग गरेको छ । दलको बैठकमा स्वयम उपस्थितिमा भएका निर्णयहरुका विरुद्ध बोहराले दिएको सार्वजनिक अभिव्यक्तिका बारेमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

दलका नेता प्रकाशबहादुर शाहको हस्ताक्षरमा पठाएको स्पष्टीकरणमा आज ५ बजे भित्र जवाफ पेश गर्न भनिएको छ ।

बुधबार धनगढीमा भएको दलको आठौं बैठकको निर्णय स्वीकार गरेर हिडेका बोहराले सञ्चार माध्यममा प्रदेश सभा दल र त्यसका निर्णयका विरुद्ध सार्वजनिक अभिव्यक्ति सञ्चारमाध्यममा दिएको आरोप लगाइएको छ ।

सो पत्रमा भनिएको छ –‘बोहराले दलका अन्य सदस्य तथा पार्टी पंक्तिसमेत उक्साउने र भडकाउने दुराशयले गुटबन्दी गर्दै दलको एकता र गरिमालाई छिन्नभिन्न पार्ने प्रयत्न किन गरिरहनु भएको छ ?’

दलको विधान, २०७७ को दफा १७ को खण्ड (ग) र खण्ड (घ) अन्र्तगत कर्तव्यको प्रतिकुल र विधानको दफा २४ को खण्ड (क), (ग) र (ङ) मा उल्लेखित दलको सदस्यको अनुशासनको व्यवस्थाको प्रतिकुल भएकोले तथ्यगत जवाफ पेश गर्न र जवाफ पेश नभएमा कारबाही गरिने उल्लेख छ ।