काठमाण्डु –सुदूर पश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सरकार गठनमा निर्णायक देखिएको छ । सत्ता गठबन्धनको अरु ६ वटा प्रदेशमा प्रदेश सरकार सहज हिसावले बन्ने भएपनि सुदुरपश्चिममा भने उन्मुक्तिलाई नमिलाए सरकार बन्ने अवस्था छैन ।
सुदुरपश्चिम प्रदेश सभा ५३ सदस्यीय रहेको छ । सरकार बनाउन २७ जना सांसद आवश्यक पर्ने हुन्छ । सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी केन्द्रसंग ११, एमालेसंग १० र राप्रपा १ गरेर २२ सिट रहेको छ । नागरिक उन्मुक्तिसंग भएको ७ सिट नै सरकारमा गठबनमा निर्णायक हुने देखिन्छ ।
उन्मुक्तिले केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेपनि रेशम चौधरीको रिहाईलाई उसले बटम लाइन बनाएको छ । चौधरीलाई रिहाई नगरेसम्म प्रदेश सरकारमा नजाने उसको रणनीति छ । नागरिक उन्मुक्ति विना कांग्रेस र समाजवादी नेतृत्वको सरकार बन्ने अवस्था छैन । समाजवादी र कांग्रेसको २३ सिट छ भने एक जना स्वतन्त्रले कसलाई समर्थन गर्छन अहिले नै खुलेको छैन । उन्मुक्ति कांग्रेससंग मिलेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार बन्ने अवस्था छ ।
नागरिक उन्मुक्तिलाई बाहिर राखेर कसैले पनि सरकार गठन गर्न सक्ने अवस्था सुदुरपश्चिमा छैन । नागरिक उन्मुक्ति पार्टीसंग सात जना सांसद छन् । उन्मुक्ति सुदूर पश्चिममा सरकार गठनमा निर्णायक देखिन्छ । उसको सहयोग र समर्थन बिना सरकार गठन संभव नभएपछि मिलाउन शिर्ष तहबाट नै पहल भइरहेको छ ।
नागरिक उन्मुक्तिले सुदुरपश्चिमा आफ्नो दललाई मुख्यमन्त्री दिनुपर्ने अडान राखिरहेको छ । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा पर्ने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भएको छलफलमा सुदुरपश्चिम प्रदेशको नेतृत्व माओवादीलाई दिने सहमति भएको छ । जसमा माओवादी केन्द्रका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।




प्रतिक्रिया