माओवादी केन्द्रको सुदुरपश्चिम अध्यक्षमा भण्डारी, सचिवमा चौधरीले जिम्मेवारी पाए

माओवादी केन्द्रको सुदुरपश्चिम अध्यक्षमा भण्डारी, सचिवमा चौधरीले जिम्मेवारी पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम कमिटीले पुर्णता पाएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदुरपश्चिम कमिटीको टुंगो लगाएको हो ।

माओबादी केन्द्रको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अछामका शरद सिंह भण्डारी चयन भएका छन् । प्रदेश सचिवको जिम्मेवारी भने कंचनपुरका देवीलाल चौधरीले पाएका छन् । भण्डारी बादल समुहसंगै माओवादी केन्द्रमा फर्केका नेता हुन । उनि पुर्व सांसद समेत हुन । चौधरी पनि संविधानसभाका सदस्य निर्वाचित भएका थिए ।

माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेशको सह–इन्चार्जमा नेपबहादुर चौधरी, लक्ष्मणदत्त जोशी, विना मगर, बिरमान चौधरी र त्रिलोचन भट्टले जिम्मेवारी पाएका छन् ।

माओवादीले जिल्ला इन्चार्जको पनि टुंगो लगाएको छ । जसअनुसार डडेल्धुरामा जगत पार्की,डोटीमा शिवसिंह ओली र अछाममा झपट साउदलाई जिम्मेवारी दिइएको छ ।