माओवादी विवाद : सुदुरपश्चिममा दल नेता फेरिए प्रदेश इन्चार्ज पनि फेरिने

माओवादी विवाद : सुदुरपश्चिममा दल नेता फेरिए प्रदेश इन्चार्ज पनि फेरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेशमा पार्टी भित्रको झगडा उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलभित्र देखिएको विवाद मिलाउन प्रदेश पार्टी नेतृत्वलाई निर्देशन दिएपनि विवाद अझै समाधान हुन सकेको छैन् ।

माओवादी केन्द्रले तराई मधेश जागरण अभियान सुरु गरेर अध्यक्ष दाहालसहित मुल नेतृत्व पूर्व क्षेत्रमा सक्रिय छ । सुदुरपश्चिममा देखिएको पार्टी भित्रको झगडा समाधान गर्न दाहाल आफै सक्रिय भएका छन् । उनले सुदुरपश्चिमका प्रदेश सांसदहरुसंग बुधवार एक दिन काठमाण्डौं आएर सामुहिक छलफल गरेका थिए ।

माओवादी अध्यक्ष दाहालसंग छलफल गर्न १० जना प्रदेश सांसदहरु नै काठमाडौं आएका थिए । बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सुदुरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल समेत सहभागी थिए । सुदुरपश्चिमका सांसदहरुले आफ्नो प्रदेशमा स्थानीय नेतृत्वलाई प्रदेशको जिम्मा दिनुपर्ने माग बैठकमा गरेका छन् ।

प्रदेश इन्चार्ज पोखरेलले सुदुरपश्चिम प्रदेशको दलभित्रको विवाद नमिलाएसम्म आफुले काम नगर्ने अडान लिएपछि मुल नेतृत्वले नै विवाद समाधानका लागि पहल गरेको स्रोतले बतायो ।

माओवादीको सुदुरपश्चिम प्रदेशमा सहइन्चार्जमा नेतृ विना मगर र खगराज भट्ट छन् । भट्ट संसदीय दलको नेता भएपनि उनलाई हटाएर उपमहासचिव वर्षमान पुन निकट नेता मानवहादुर धामी ८० माघ १२ मा संसदीय दलको नेता भएका थिए । माओवादीमा सुदुरपश्चिम संसदीय दलमा ११ जना सांसद छन् ।

जसमा धामीको पक्षमा बहुमत सांसद छन् । बुधवारको बैठकमा पार्टी अध्यक्ष दाहालले संसदीय दलको विवाद मिलाउन निर्देशन दिएका थिए । उनले कार्यालयको बैठक बोलाएर पार्टीभित्र देखिएको विवादको समाधान खोज्ने आश्वासन दिएका थिए ।

उपमहासचिव पुन निकट समुहले भने पार्टीको नेतृत्व आफ्नो पक्षलाई दिनुपर्ने आवाज उठाएका छन् । अध्यक्ष दाहालले दल नेतामा खगराजलाई बनाउन मौखिक,लिखित निर्देशन दिएपनि धामी पक्षल भने त्यसलाई कार्यान्वयन गरेको छैन् । अहिले पनि ठोस निर्णय भने नभएको स्रोतले बतायो ।

सुदुरपश्चिममा उपमहासचिव जनार्दन शर्मा समुह समेत पाटीभित्र बलियो छ । तर, संसदीय दलमा भने उनको उपस्थिती कमजोर छ । ‘दल नेता परिवर्तन गर्ने हो भने प्रदेशको इन्चार्ज हाम्रो टिमलाई दिनुपर्छ भन्ने माग हामिले राखेका छौं ।’ धामी पक्षका एक सांसदले काठमाण्डुपाटीसंग भने । प्रदेशको इन्चार्जको लागि विना मगर र पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट लविङमा छन् । संसदीय दलको नेता बन्न खोजेका भट्ट भने जनार्दन शर्मा हुंदै अहिले नारायणकाजी श्रेष्ठसंग निकट छन् ।

माओवादी भित्र सुदुरपश्चिममा नेता भट्ट र कंचनपुरबाट प्रतिनिधित्व गर्ने सांसद ओमविक्रम भाटबीचको लडाई उत्कर्षमा छ । भाटकै डिजाइनमा भट्टलाई दल नेताबाट हटाइएको बताइन्छ । भाटलाई नेता भट्टले केन्द्रको निर्देशन हुंदाहुंदै मन्त्री सिफारिस नगरेपछि उनले दल नेता परिवर्तन गर्न भुमिका खेलेको माओवादीभित्र चर्चा छ ।