समयमै आपूर्ति नहुंदा सुदूरपश्चिममा अक्सिजनको हाहाकार

समयमै आपूर्ति नहुंदा सुदूरपश्चिममा अक्सिजनको हाहाकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको छ । अक्सिजनको अभावमा सुदूर पश्चिमका अस्पतालहरुमा उपचार गराईरहेका संक्रमित र गैर संक्रमितहरुको ज्यान जोखिममा छ ।

हिजो राति हावाहुरीपछि बन्द भएको धनगढीस्थित मालिका अक्सिजन उद्योग बिहान सचालन आएपनि यहाँको मागलाई धान्न सक्ने अवस्थामा छैन ।

नेपालगञ्जमा रहेको अक्सिजन उद्योगले स्थानीय प्रशासनको दवावमा सुदूरपश्चिममा आउने अक्सिजनमा भारी कटौती गरेको छ ।

सुदूरपश्चिमबाट अक्सिजन लिन गएका गाडीहरु हिजोदेखि नेपालगञ्जमा थन्किएका छन् । सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल सेती प्रादेशिक अस्पतालमा अक्सिजन सकिएको मेसु डा. हेमराज पाण्डेयले बताए ।

पाण्डेयले भने ‘ तत्काल अक्सिजन आपूर्ति हुन सक्ने भने स्थिति भयावह हुन सक्छ । आज धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पर्याप्त छैन । अधिकांश अस्पतालहरुमा रहेका संक्रमितहरु अक्सिजनको अभावमा छटपटाईरहेका छन् ।’