काठमाण्डु – सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । सर्वोच्च बारको ३३ औं नयां कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता शाक्य अध्यक्षमा विजयी भएका हुन् । उनले २९५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन् ।
नयां कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् ।
त्यसैगरी महिला सदस्यमा अमिता गौतम पौडले, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइंटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका हुन् ।
सर्वोच्चमा भएको चुनावमा वरिष्ठ अधिवक्ता शाक्यले बृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए ।
यस्तै वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेर चुनावी मैदानमा उत्रेका थिए ।




प्रतिक्रिया