प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओली सहित चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई पनि सात दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि ढुंगानाको इजलासले प्रधानमन्त्रीसहित चारजना पूर्वप्रधानन्यायधीश र पूर्वसभामुखलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्को आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो, अवहेलनामा कारबाही किन हुनुनपर्ने हो । म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला।’

पूर्व प्रधाननन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्व सभामुख दमनाथ ढुंगानाविरुद्ध अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए ।