सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल र रजिष्ट्रारमा कार्की सिफारिस

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल र रजिष्ट्रारमा कार्की सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् ।

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले मुख्य रजिष्ट्रारमा पौडेलको नाम सिफारिस गरेको हो । यस्तै आयोगले अदालतको रजिष्ट्रारमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ ।

अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल उमेरहदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो ।

पुस २०७९ मा मुख्य रजिष्ट्रार पदमा नियुक्त भएका ढकाल ५८ वर्षे सेवा अवधिको सीमा पुगेपछि अवकाश भएका हुन् ।

असार २०७४ देखि सर्वोच्च अदालतमा मुख्यसचिव सरहको जिम्मेवारीमा मुख्य रजिष्ट्रार राख्ने अभ्यास सुरु भएको हो । सो अवधिमा नियुक्त भएका पाँच जना मुख्य रजिष्ट्रारमध्ये ढकाल न्यायाधीशमा नियुक्त नभई अवकाश हुने पहिलो व्यक्ति बनेका छन् ।

ढकाल मुख्य रजिष्ट्रार र पौडेल रजिष्ट्रार एकैदिन भएका थिए ।