सर्वाेच्चले भन्यो-विषादी परीक्षण नगरी भारतीय तरकारी नल्याउनू

सर्वाेच्चले भन्यो-विषादी परीक्षण नगरी भारतीय तरकारी नल्याउनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएपछि अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चको छुट्टाछुट्टै रिट निवेद दायर भएको थियो।

निर्णयलाई स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । भारतबाट ल्याइने फलफूल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध यसअघि जारी अन्तरिम आदेशले निरन्तरता पाएको हो । सर्वाेच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै विषादीपरीक्षणलाई रोक्न पाइने छैन।