काठमाडौं – सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारलाई आदेश दिएको छ ।
अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनीति गर्दै क्वारेन्टाइनमा राख्न भनेको छ ।
सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन बनाउन र राहत वितरणमा पारदर्शी गर्न सरकारका नाममा आदेश दिएको हो । दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुर्याउन अदालतले भनेको छ ।
त्यस्तै अदालतले कृषि क्षेत्रमा काम गर्ने किसानको स्वास्थ्यमा ध्यान दिन अदालतले आदेश दिएको छ ।







प्रतिक्रिया