सीमामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउन सर्वोच्चको आदेश (पूर्णपाठ)

सीमामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउन सर्वोच्चको आदेश (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले नेपाल–भारत सीमामा अलपत्र रहेका नागरिकलाई नेपाल ल्याउन आदेश दिएको छ । सीमामा रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले सरकारका नाममा आदेश दिएको हो।

न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्थाका लागि पनि सर्वोच्चले आदेश गरेको छ ।

यस्तै, अन्य देशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था गर्न पनि अदालतले आदेश गरेको छ ।