काठमाण्डु – प्रतिनिधि सभा विरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गरेका हुन् । उनले इजलाशमा तीन घण्टा बहस गर्नेछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ जना सांसदले दर्ता गराएको रिट पक्षबाट ३६ कानुन व्यवसायीले आइतबार बहस सकेसँगै आजबाट विपक्षीका तर्फबाट कानुन व्यवसायीले बहस सुरु गरेका हुन् ।
सरकारी पक्षलाई बहस गर्न १५ घन्टा दिइएको छ । जसमा एक घन्टा सभामुख पक्षलाई छुट्याइएको छ । महान्यायाधिवक्ताले तीन घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्ने तय भएको छ । त्यस्तै पूर्व महान्यायाधिवक्ता सुशील पन्त र अग्नि खरेलले पनि प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दैछन् ।
११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए । सरकारी वकिललाई साढे सात घण्टा र निजी वकिललाई साढे छ घण्टा समय दिइएको छ ।




प्रतिक्रिया