संवैधानिक नियुक्तिसम्बन्धी रिटमा तत्काल सुनुवाई गर्न माग

संवैधानिक नियुक्तिसम्बन्धी रिटमा तत्काल सुनुवाई गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्तिसम्बन्धी रिटको तत्काल सुनुवाइ गर्न सार्वेच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।

संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको तत्काल सुनुवाइको माग गर्दै अधिवक्ता अर्यालले सर्वोच्चमा पूरक निवेदन दर्ता गराएका हुन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दिएका थिए ।

न्यायाधीश हरि फुयालको एकल इजलासले प्रधानन्यायाधीशवीना संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्ध अधिवक्ता अर्यालले हालेको रिटमा सुनुवाइ रोकिएको छ ।

अधिवक्ता अर्यालले आफूले दिएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी निरन्तर सुनुवाइमा राख्न आदेश माग गरेका छन् ।