भोलिदेखि सर्वोच्च अदालत बन्द हुने

भोलिदेखि सर्वोच्च अदालत बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबारदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले विज्ञप्ति जारी गर्दै हिन्दुहरुको महान चाड दसैँको अवसर पारेर भोलिदेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने जानकारी दिएको हो ।

यो बीचमा घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने उपरजिष्ट्रार देवेन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।