वैशाख ३० मा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वाेच्चद्वारा अस्वीकार


काठमाण्डु- सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सरकरको निर्णय खारेजीको माग गर्दै निवेदन दिए पनि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो ।

उनले मंगलबार नै रिट पेस गरेका थिए । बुधबार रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

रजिष्ट्रार पन्थीले जारी गरेको दरपीठ आदेशमा ऐनको प्रावधान यथावत रहेको अवस्थामा मेयर साहले अनुमानका आधारमा निवेदन दर्ता गर्न खोजेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement