विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थविद् विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै उनीविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेका हुन्।

अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध मंगलबार रिट दिएका थिए। गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नरको आकांक्षी बनेका पौडेलविरुद्ध मंगलबार अदालतमा रिट परेको थियो ।

उप्रेती र थापाले यसअघि पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरका लागि चर्चामा आएकै कारण उनको योग्यतामा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेका थिए ।