सर्वोच्चको अन्तरिम आदेश : जन्मका आधारमा नागरिकता दिने परिपत्र रोक्नु

सर्वोच्चको अन्तरिम आदेश : जन्मका आधारमा नागरिकता दिने परिपत्र रोक्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जन्मको आधारमा नागरिकताप्राप्त नागरिकका सन्तानलाई संविधान अनुसार नागरिकता दिलाउने गृहमन्त्रालयको परिपत्र रोक्न सर्वाेच्च अदातलले अन्तरिम आदेश गरेको छ । यसअघि सर्वोच्चले एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुने निर्णय गरे पनि त्यसलाई पुनस् उल्टाएर पत्र कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।

गृहमन्त्रालयको परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै यसअघि पनि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको थियो। पछि उक्त इजलासले त्यो रोक्का फुकाएको थियो। जन्मका आधारमा नागरिकता लिएकका सन्तानले बाबु र आमा दुवै नेपाली भएमा वंशजको नागरिकता पाउने संविधानमा व्यवस्था छ।यो व्यवस्था कानुनमा भने छैन।

सर्वोच्च अदालतकै विभिन्न आदेश र संविधानको कार्यान्वयन गर्नैकै लागि गृहले उक्त परिपत्र जारी गरेको देखिएको भन्दै आफैले लगाएको रोकलाई सर्वोच्चले फूकुवा गरेको थियो। फुकुवापछी धेरै नेपालीका सन्तानले त्यही परिपत्रका आधारमा नागरिकता लिन पाएका थिए। मंगलबार भने न्यायाधीश ईश्वर खतिवडा र सुष्मालता माथेमाको इजलासले फेरि उक्त सर्कुलर अनुसार कामकारबाही नगर्न फेरि आदेश दिएको छ।गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।