कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : बादल र सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वाेच्चको आदेश

कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : बादल र सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वाेच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्काउन्टर घटना प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ५ असार २०७६ मा पौडेलको प्रहरी गोलीबाट मृत्यु भएको थियो । ‘इन्काउन्टर’मा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीबाट उनको हत्या भएको निष्कर्ष निकालिसकेको छ । जसमा संलग्न इन्सपेक्टर केडी साह लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेपनि प्रहरीले अस्वीकार गर्दै आएको छ । अब सर्वाेच्चको आदेशसँगै यससम्बन्धि मुद्दा नयाँ चरणमा पुगेको छ ।

तत्कालिन प्रहरी प्रमुख खनालकै निर्देशनमा सो इन्काउन्टर भएको थियो । जसको जिल्लाको प्रहरीलाई समेत जानकारी नदिई खनालको निर्देशनमा हेडक्वार्टरबाट खटिएका प्रहरीले गोली हानेका थिए । सो घटनामा खनाललाई समेत कारबाहीको सिफारिस मानव अधिकार आयोगले गरिसकेको छ ।