काठमाण्डु – नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
न्यायलयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश राणाको राजीनामा आउनुपर्ने भन्दै नेपाल बारको अगुवाइमा प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ ।
१४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको बारले यसअघि प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्रमाधर्फ ध्यानाकर्षण समेत गराइसकेको छ ।




प्रतिक्रिया