काठमाडौं – सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको ८१ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत ८१ वर्षिया सिंहको शुक्रबार निधन भएको हो ।
सिंह २०५८ देखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश रहेकी थिइन् । नेपालको पहिलो महिला न्यायाधिश भने चिनिएकी बार एसोसोएन तथा न्यायिक समितिमा समेत आबद्ध थिइन् ।
काठमाडौंको पकनाजोलकी शुशिलाका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । उनीहरुका एक छोरा छन् जो जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।




प्रतिक्रिया