सर्वोच्चका न्यायाधीश जोशीको राजीनामा स्वीकृत

सर्वोच्चका न्यायाधीश जोशीको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम सो राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन्। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए।

प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो। उनी बिदामा बसेका थिए। उनको कार्यकाल आगामी जेठसम्म थियो।