काठमाडौं – बिहीबार सुनुवाइ समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका पाँच न्यायाधीशले आइतबारदेखि काम थालेका छन् । सुनुवाइ समितिबाट अनुमोदन भएका प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोकुमार शर्मालाई शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन् ।
आइतबार राष्ट्रपति भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाबाट पद तथा गोपनीयतको लिएपछि सर्वोच्च पुगेर काम थालेको सूचना अधिकारी नागेन्द्र कालाखेतीले जानकारी दिए ।पाँचै जना नयाँ न्यायाधीशका लागि इजलाश तोकिएको छ ।




प्रतिक्रिया