फुलकोर्ट बैठक : सर्वोच्चको सेवा कटाैतीलाई माघ २८ सम्म निरन्तरता दिने निर्णय

फुलकोर्ट बैठक : सर्वोच्चको सेवा कटाैतीलाई माघ २८ सम्म निरन्तरता दिने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले सर्वोच्चबाट हुने सेवा कटौतीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायतको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।