न्याय परिषदको बैठक बस्दै, विशेष अदालतमा न्यायाधीश खटाउने तयारी

न्याय परिषदको बैठक बस्दै, विशेष अदालतमा न्यायाधीश खटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् । विशेष अदालतमा न्यायाधीश खटाउने मुख्य प्रयोजनको लागि उनले आज दिउँसो ४ बजे न्याय परिषद्को बैठक बोलाएका हुन् ।

आजको बैठकले विशेष अदालत काठमाण्डु र राजश्व न्यायाधीकरण काठमाण्डुमा न्यायाधीशलाई काज खटाउने निर्णय गर्ने सवोच्च अदालत स्रोतले जनाएको छ ।

परिषद्को बैठकका लागि विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा तय गरिएको छ । बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने बताइएको छ ।