काठमाण्डु – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले २३ गते नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका छन् । उनले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने बताएका हुन् ।
त्यस्तै न्यायाधीश बमकुमार श्रेष्ठ र तेज बहादुर केसीले चोलेन्द्र शमशेर जबराले गठन गरेको इजलासमा संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।
प्रतिनिधिसभा बिघटनबिरुद्ध परेका रिटको सुनुवाइ गर्न जबराले गठन गरेको इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठको निष्पक्ष न्यायमा निरन्तर प्रश्न उठाएपछि दुवैले इजलासमा नबस्ने घोषणा गरका हुन् ।
प्रधानन्यायाधीश राणा वरिष्ठताका आधारमा इजलास गठन गरेर प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाइ गर्न सर्वोच्च बारसँग सहमत भएपछि उनिहरुको प्रतिकृया आएको हो ।




प्रतिक्रिया