प्रधानमन्त्रीसहित सात मन्त्रीको शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

प्रधानमन्त्रीसहित सात मन्त्रीको शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथ ग्रहण विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।

राष्ट्रपति भण्डारीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्य उच्चरण गर्न पटक–पटक दोहोर्याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

उनले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ र ‘ईश्वर’ भन्ने शब्द छुटाएका थिए ।

त्यस्तै सांसद रहेका सात जना मन्त्रीको विषय पनि सर्वोच्च पुगेको छ । सांसद पदमा नरहेका व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेको भन्दै अधिवक्ता ज्ञवाली, अधिवक्ताहरु ओली र भण्डारीले बदर गर्न माग गरेका छन् ।

माओवादी केन्द्र परित्याग गरे नेकपा एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र दावा तामाङलाई मन्त्री बनाएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।