कोरोना संक्रमित विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश

कोरोना संक्रमित विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले कोरोना संक्रमित लोकसेवा आयोगका विद्यार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बुँदा नम्बर ८(१) लाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ जारी गर्दै बुँदा नम्बर ८(१) मा कोरोना संक्रमितले परीक्षा दिन नपाउने व्यवस्था गरेको थियो ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको छ ।

‘यसमा, के कसो भएको हो ? निवदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार कारणसहित यो अदोश प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू’, आदेशमा उल्लेख गरिएको छ ।

सर्वाेच्चले कोरोना संक्रमितलाई आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षामा सहभागी गराउन र संक्रमित नभएका व्यक्ति समेत संक्रमित हुने खतरालाई समेत ख्याल गर्न आदेश दिएको छ ।