६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले पहिलो डोज लगाएका १३ लाख जेष्ठ नागरिकहरुलाई दोस्रो डोजको व्यवस्थापन गर्न आदेश दिएको हो ।पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म दोस्रो डोज लगाइसक्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

सोमबार काभ्रेपलान्चोकका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।