काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सभामुख अग्नीप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहश गर्ने भएका छन् ।
सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि सभामुख सापकोटाका तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने भएका हुन् ।
सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।
आज सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुने भएको हो ।




प्रतिक्रिया