प्रतिनिधिसभा विघटन : एमीकस क्युरीको राय सकियो, असार २८ गते फैसला

प्रतिनिधिसभा विघटन : एमीकस क्युरीको राय सकियो, असार २८ गते फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएको छ । असार ९ गतेदेखि चलेको निरन्तरको बहस आज सकिएको हो ।

आजको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मुद्दाको अन्तिम फैसला असार २७ गते आउने बताइएको छ । संवैधानिक इजलासमा एमीकस क्युरीको राय दिने क्रम सकिएपछि मुद्दाको अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनमा जाने निर्णय गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विपक्षी गठबन्धनका १४६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।