ओलीको पक्षमा सर्वोच्चको फैसला, कर्णालीका चार सांसदको कारबाही सदर

ओलीको पक्षमा सर्वोच्चको फैसला, कर्णालीका चार सांसदको कारबाही सदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले कर्णाली प्रदेशमा नेकपा एमालेका चार जना सांसदको कारबाही सदर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले एमालेले फ्लोर क्रस गरेका नेपाल पक्षका चार जना सांसदलाई गरेको कारबाही वैधानिक रहेको ठहर गरेको हो ।

पार्टीको निर्णय अवज्ञा गर्दै फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको सर्वोच्चको ठहर छ । एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाही गरेको थियो ।

उनीहरुले पदथमौतीका लागि सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको थियो । सो अन्तरिम आदेशविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिएका थिए ।

पार्टीको निर्देशन अवज्ञा गर्दै चार जना सांसदले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरुको मत पाएका मुख्यमन्त्रीको सरकार जोगिएको थियो ।