नेकपा एसका दुई जना सांसदलाई भदौ २९ गतेसम्म कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

नेकपा एसका दुई जना सांसदलाई भदौ २९ गतेसम्म कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) रोजेका दुई जना सांसदलाई कारबाही नगर्न आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल नेकपा एसका दुई जना सांसदहरुलाई कुनै कारवाही नगर्न आदेश दिएको हो ।

एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका थिए ।