प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने बारको तयारी, ठूलो संख्यामा प्रहरी परिचालन

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने बारको तयारी, ठूलो संख्यामा प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने तयारी गरेको छ ।

शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके घोषणा गरेको बारले सर्वोच्च प्रवेश गर्न नदिने तयारी गरेको हो ।

बिहीबारको धर्ना विथोलिएपछि बारले आज सर्वोच्चमा जबरालाई छिर्न नदिने तयारी गरेको बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । अहिले सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

वकिलहरुले सर्वोच्चको गेटमा प्रधानन्यायाधीश जबरालाई रोक्ने तयारी गरेका हुन् । सम्भावित झडपलाई रोक्न प्रहरी परिचालन गरिएको एसपी रमेश बस्नेतले जानकारी दिए ।