काठमाण्डु – सर्वोच्च अदालत परिसरमा आजपनि कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ ।
अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ । आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ ।
प्रहरीले धर्नास्थलमा कानून व्यवसायीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग गर्दै विगत २४ दिनदेखि सर्वोच्च अदालतमा आन्दोलन जारी छ ।




प्रतिक्रिया