काठमाण्डु – सर्वोच्च अदालतले नेपाल बार एसोसियसनद्वारा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वोच्च प्रशासनले बिहीबार अदालत परिसरमा भएको उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो । त्यस प्रकारको अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वाससमेत सर्वोच्चले व्यक्त गरेको छ ।
‘नेपाल बार एसोसिएसनद्वारा मिति २०७८।०८।०२ मा सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ । उक्त घटनामा केही विद्वान कानुन व्यवसायीहरू घाइते हुनुभएको जानकारी प्राप्त भएको हुँदा उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ सर्वोच्चको विज्ञप्तिमा उल्लेख छ, ‘त्यसप्रकारको अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछ ।’
बिहीबार दिउँसो कानुन व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएका थिए ।





प्रतिक्रिया