काठमाण्डु – सर्वोच्च अदालतमा लोकसेवा आयोग सम्बन्धी मुद्दाको सुनुवाई सुरु भएको छ । कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षाहरूसँग जोडिएका मुद्दाको बिहीबार सुनुवाइ सुरु भएको हो ।
हेर्न नमिल्ने भन्दै करिब चार महिनादेखि पटक पटक स्थगित मुद्दा बिहीबार सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।
लोकसेवा आयोगको सबै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरूको मुद्दा लामो समयसम्म स्थगन हुँदा परीक्षार्थीहरु मारमा परेका छन् ।




प्रतिक्रिया