काठमाण्डु – संसद विघटनविरुद्ध परेको मुद्दामा रिट निवेदनकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक पक्षका १३ जनासहित अन्य वकिलको बहस सकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दायर भएको रिटमाथि विपक्षीका तर्फका वकिलहरुले बहस गरेका थिए ।
प्रधानमन्त्री ओली विपक्षका वकिलहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै फिर्ता लिनुपर्ने माग राखेका छन् ।
संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । भोलिदेखि सरकारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्नेछन् ।




प्रतिक्रिया