जसपा आधिकारिकता विवाद : अन्य मुद्दासँगै राखेर पेश गर्न सर्वोच्चको आदेश

जसपा आधिकारिकता विवाद : अन्य मुद्दासँगै राखेर पेश गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेता महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताको विषयको मुद्दा अन्य मुद्दासँग राखेर पेश गर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले नेता ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै जसपा आधिकारिकताको मुद्दालाई सर्वोच्च अदालतमा विचाराधीन यस्तै प्रकृतिका मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको हो ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ ।