काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियां राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा सुपुदर्गी सन्धिमा हस्ताक्षर नहुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान भएको बैठकमा मन्त्री ज्ञवालीले सन्धिको विषय छलफल मात्र भएको भन्दै सम्झौता नै भने नहुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियां राष्ट्रपतिको नेपाल भ्रमणपूर्व सुझाव लिन पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, चीनका लागि पूर्व नेपाली राजदूत तथा चीन ममिलाका जानकारहरुसंग छलफल गरेका थिए । बैठकमा मन्त्री ज्ञवालीले सरकारले गरेको तयारीबारे ब्रिफिङ गरेका थिए।
नेपाली कांग्रेसका नेता समेत रहेका पुर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले सुपुर्दगी सन्धिको विषय अहिले छलफलकै चरणमा रहेको र भ्रमणको क्रममा त्यो सन्धिमा हस्ताक्षर नहुने जानकारी मन्त्री ज्ञवालीले दिएको बताए ।
पुर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र बावुराम भट्टराईले सुपुर्दगी सन्धि सबैलाई विश्वासमा लिएरमात्र गर्न सुझाव दिएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले सुपुर्दगी सन्धीमा हस्ताक्षर गर्ने बिषय सरकारको ऐजेण्डामा नभएको बैठकमा जानकारी दिएका थिए ।




प्रतिक्रिया