सिंहदरबारमा सुरक्षा परिषद् बैठक बस्दै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने छ ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा बिहीबार पनि कर्फ्यु लगाएको छ। समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका हुन्।

यस्तै बैठकले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने समेत तयारी गरेको बताइएको छ ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल सहभागी हुनेछन्।