काठमाण्डु– सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सुरक्षा परिषद्को सचिवालयमा केहिबेर अघिबाट बैठक सुरु भएको हो ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बैठक बाेलाएकी हुन् ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल सहभागी छन् ।




प्रतिक्रिया