मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. लाभद्वारा पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. लाभद्वारा पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन् ।

डा. लाभलाई नेपाली सेनाको टोलीले सलामी दिएर मधेश प्रदेश प्रमुख कार्यालयमा स्वागत गरेका छन् ।

सो क्रममा मधेश प्रदेशका सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख डा. लाभले आफूलाई जिम्मेवारीबोध भएको अनुभूति भइरहेको बताए । उनले सम्पूर्ण जनता, सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैलाई मिलेर प्रदेश बनाउनुपर्ने धारणा राखे । डा. लाभले विधिको साशनलाई सबैले मान्नुपर्ने बताए ।

आफू जनकपुरधामकै भएकाले मधेश प्रदेशको हरेक पक्ष र समस्याहरूसँग आफू परिचित रहेकोले काम गर्न सहज हुने उनले बताए । डा. लाभले हाल मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसँग उम्रिएको विवाद अदालतमा पुगिसकेकाले अदालतले गर्ने निर्णय नै मान्य हुने प्रष्ट पारे ।

मुख्यमन्त्री यादवको नियुक्तिको विषयमा उत्पन्न विवादपश्चात मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्र सुवेदी भण्डारीलाई पदमुक्त गरिएपछि डा.लाभलाई सिफारिस गरिएको थियो । मंगलबार राष्ट्रपति रामचन्द्र मण्डलले डा.लाभलाई सपथ ग्रहण गराएका थिए ।