मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान

मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयले बुधबार मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजेभित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरूलाई आह्वान गरेको छ ।

यससँगै दलहरू पुन: छलफलमा जुटेका छन् । बुधबार दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।