सर्वोच्च अदालतका सबै न्यायाधीशको सम्पति विवरण खोजौंः वरिष्ठ अधिवक्ता भण्डारी

सर्वोच्च अदालतका सबै न्यायाधीशको सम्पति विवरण खोजौंः वरिष्ठ अधिवक्ता भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा सहभागी हुने क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले अहिलेका प्रधानन्यायाधीश, न्यायाधीश मात्रै नभइ अवकाश पाइसकेका न्यायाधीशरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

‘सबै न्यायाधीशहरु विरोधमा उत्रिएकाले प्रधानन्यायाधीश टिक्दैनन् भन्ने प्रमाण पाइसकेका छौँ । अब न्यायाधीशको इन्क्वायरी गठन गर्नु जरुरी छ’, उनले भने, ‘अब न्यायाधीशहरूले के कस्तो अवस्थामा प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्छ भनेर संविधानमा भएका कुराको व्याख्या गरिदिनुपर्यो ।’

उनले अन्य न्यायाधीशहरुलई पनि व्यक्तिगत स्वार्थ र साँठगाँठमा नलाग्न आग्रह गरेका छन् । उनले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वमा गठित समितिको प्रतिवेदन लागू हुनुपर्ने बताए।

भण्डारीले प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनमा नागरिक समाजलाई पनि साथ दिनका लागि आह्वान गर्नुपर्ने बताए ।

‘तपाईंहरु के आधारमा आन्दोलन गरिरहनु भएको छ ? त्यो कुरा पनि जनतालाई प्रष्ट बुझाइदिनुस्’, उनले आन्दोलित न्यायाधीशहरूलाई भने, ‘यसबारेमा नागरिकहरुलाई बताउनुपर्यो । सेवाग्राहीलाई थाहा होस्, तपाईंहरुको आन्दोलनको उद्धेश्य !’