पार्टीमा दुई कार्यकाल र ७० वर्षे सीमा अनिवार्य गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

पार्टीमा दुई कार्यकाल र ७० वर्षे सीमा अनिवार्य गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेमा नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय रहेको बताएका छन् ।

सोमबार ईश्वर पोखरेल समूहले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘दुई वटा अवस्थामा नेतृत्व परिवर्तन हुन्छ एउटा हार र पराजय, अर्को जितिरहेका बेला नेतृत्व परिवर्तन हुन्छ’ ।

पाण्डेले एमालेलाई केही व्यक्तिको निर्णयमा निर्भर ‘व्यक्तिवादी पार्टी’ बनाउन खोजिएको दाबी गर्दै आन्तरिक लोकतन्त्रलाई सुरक्षित गर्न अब ठोस सुधार आवश्यक रहेको बताए।

पाण्डेले भने, ‘यो लोकतान्त्रिक पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीमा रुपान्तरण गर्ने कोसिस हुँदै छ। यसबाट एमाले जनताको बीचमा साघुँरिने, खुम्चिने अवस्था आउँदै छ।’

पार्टीलाई स्वस्थ, प्रतिस्पर्धात्मक र लोकतान्त्रिक बनाउन उनले अध्यक्षको कार्यकाल दूइपटकभन्दा धेरै नहुने व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने बताए। उनले भने, ‘एउटा पार्टी दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था ल्याउनुपर्छ। त्यसो हुने बित्तिकै धेरै समस्या समाधान हुन्छ।’

उनले दुई कार्यकाल र ७० वर्ष उमेर सीमाबाट पछाडि हट्न नहुनेमा जोड दिए।